Thursday, June 16, 2016

सबैभन्दा उत्कृष्ट र कमजोर गणितमै

असार २, २०७३- यस वर्षको एसएलसी परीक्षामा सबैभन्दा उत्कृष्ट 'ए प्लस' र कमजोर 'ई' ग्रेड ल्याउनेहरुको ठूलो संख्या अनिवार्य गणित विषय भएको छ । ९० अंकभन्दा माथि 'ए प्लस' ग्रेड ल्याउनेको बढी संख्या गणितमै छ भने २० भन्दा कम अंक 'ई' ग्रेड ल्याउनेहरुको संख्यालेपनि सोही विषयमा सबैलाई उछिनेको छ ।
'ए प्लस' ग्रेड २३ हजार ३ सय ३४ जनाले ल्याएका छन् भने १ लाख ४६ हजार ९ सय ३५ जनाले 'ई' ग्रेड प्राप्त गरेका छन् ।

यस्तै, अनिवार्य अगे्रंजी विषयमा १२ हजार ५ सय ५२ जनाले ए प्लस ग्रेड प्राप्त गरेका छने भने अनिवार्य नेपालीमा जम्मा ६३ जनाले ९० अंक कटाउन सफल भएका छन् ।

गणितपछि सबैभन्दा धेरै विद्यार्थीले विज्ञान विषयमा 'ई' ग्रेड ल्याएका छन् । १ लाख १० हजार २ सय ७४ विद्यार्थीले २० भन्दा कम अंक विज्ञानमा ल्याएका हुन् । अंग्रेजीमा ७१ हजार १ सय २४, सामाजिक शिक्षामा ४६ हजार ९ सय २८, अनिवार्य नेपालीमा २३ हजार ४६ जना परीक्षार्थीले 'ई' ग्रेड ल्याएका छन् ।
त्यस्तै ३० भन्दा कम अंक ल्याएर 'डी' ग्रेड ल्याउने परीक्षार्थीको संख्या पनि क्रमशः अंग्रेजी, विज्ञान , सामाजिक शिक्षा, गणित र नेपाली विषयमा बढी छ । डी र ई ग्रेड ल्याउनेले ग्रेड सुधार गर्न कुनै दुई विषयमा पुनः परीक्षा दिन पाउने छन् । अघिल्ला वर्षहरुमा ३२ अंक ल्याउने विद्यार्थी सम्बन्धित विषयमा उतिर्ण भएको मानिन्थ्यो ।


No comments:

Post a Comment