जेष्ठ ३०, २०७३
केरुङबाट रसुवागढी हुँदै नेपाल भित्र्याइएको १५ किलो
अवैध सुनसहित ९ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल र सशस्त्र
प्रहरीको संयुक्त टोलीले रसुवागढी पुलबाट सो परिमाणको सुनसहित सिन्धुपाल्चोक टिमुरे
५ का कुङजाङ तामाङलाई पक्राउ गरेको हो ।
नियमित सुरक्षाजाँचका
क्रममा प्रहरीले अवैध सुन फेला पारेको थियो । २५ बर्षिय तामाङले आफ्नो
शरीरमा डोरीले बाँधेर लुकाई ल्याएको अवस्थामा प्रहरी टोलीले सुन वरामद
गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका
अनुसार सो सुनको मुल्य नेपाली वजारमा १५ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
तातोपानी नाका वन्द भएपछि अन्तर्राष्ट्रिय नाकाको रुपमा संचालनमा आएको
रसुवागढीमा सुन वरामद भएको यो पहिलो पटक हो ।
No comments:
Post a Comment