Tuesday, May 31, 2016

राजु तामाङ सर्वोत्कृट खेलाडी, २५ लाख पाए

जेष्ठ १८, २०७३- राजु तामाङ सर्वोत्कृट खेलाडी घोषित भएका छन् ।
अखिल नेपाल फुटलब संघ (एन्फा)ले मंगलबार काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरे । उनी त्रिभूवन आर्मीका खेलाडी हुन् ।
एन्फाले यसअघि सर्वोत्कृष्ट खेलाडीलाई अपार्टमेन्ट दिने घोषणा गरेको थियो । तर, भूकम्पपछि खेलाडीले अपार्टमेन्टमा रुचि नदेखाएपछि नगद दिइएको हो ।
कार्यक्रममा भारतमा भएको साग खेलकुद र बंगबन्धु कपमा विजेता खेलाडीलाई ५–५ लाख रुपैयाँ गरि जनही १० लाख रुपैयाँ प्रदान गरिएको छ । सागमा उपविजेता नेपाली महिला टिमका खेलाडीले पनि जनही १ लाख रुपैयाँ पाएका छन् ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई वर्षपपछि नेपालमा हुने साग खेलकुदको तयारी सुरु गर्न आग्रह गरे । ‘पैसाका कारण कुनै तयारी रोकिंदैन,’ उनले भने, ‘तयारी सुरु गरिहाल्नुस् ।’


Monday, May 30, 2016

पढन्ते भइन् करिना

जेष्ठ १७, २०७३- करिना कपुर सैफ अली खानसँगको विवाहपछि धेरै बदलिएकी छन् । त्यसो त विवाहपछि उनको फिल्मी करिअरमा पनि धेरै बदलाव आइसकेको छ ।
पहिलो नम्बरकी बलिउड नायिका छँदै अचानक सैफसँग प्रेम विवाह गरेपछि उनको बल्दो करिअरमा बिस्तारै चिसोपन छिरेको थियो । विवाहपछि पनि उनले एक/दुई फिल्म नखेलेकी हैनन् । तर उनका फिल्मले पहिले जस्तो क्रेज बक्सअफिसमा देखाउन सकेनन् ।
फिल्म पनि खासै हातमा नहुनु अनि परिवारमै सीमित भएपछि करिनाका विवाहपछिका दिन प्राय: फुर्सदिला बनेका छन् । आफू अध्ययनमा खासै रुचि नराख्ने बताउने करिना हिजोआज भने अध्ययनशील हुँदै गएकी छन् ।
त्यसो त केही अघि आफैंले भनेकी थिइन्, ‘मलाई पढ्न भनेपछि मन नै लाग्दैन । बरु सैफ फुर्सद भयो कि किताब लिएर पढ्न बसिहाल्छन् । खासमा यो राम्रो बानी पनि हो ।’
हुन पनि नायक सैफ राम्रो पाठक पनि हुन् । सायद यति बेला करिनामा पतिकै पढन्ते संस्कृतिको प्रभाव पर्दै गएको हुनुपर्छ, यतिबेला आफू पनि पढन्ते भएको बताएकी मात्रै छैनन्, समय हुँदा किताब पढ्नमा रुचि राख्न थालेकी छन् । हालैको लन्डन यात्राका क्रममा पनि उनमा यस्तै देखियो ।
विज्ञापनको सुटिङ र पतिसँगको छुट्टी मनाउन लन्डन जाने क्रममा करिनाले यसपटक झोलामा विभिन्नखाले किताब पनि राखिन् ।
 ‘करिना अचेल साइकोलोजिकल थ्रिलर पुस्तकहरू पढ्नमा रुचि राख्न थालेकी छन् । लन्डन जानुअघि पनि उनले लाइब्रेरी र पुस्तक पसलबाट त्यस्ता खालका केही किताब उठाएकी थिइन्,’ करिनाको पारिवारिक स्रोतले बताएको छ । शनिबार भने करिना लन्डनको सडकमा सैफसँग घुमिरहेका तस्बिरले पनि मिडियामा स्थान पाएका छन् ।
 लन्डन ट्रिपलाई अध्ययन भ्रमण बनाएकी करिना फर्के लगत्तै रिलिजको मुखमा रहेको ‘उडता पन्जाब’ को प्रमोसनमा लागिपर्नेछिन् ।
प्रकाशित: जेष्ठ १७, २०७३

ओली-दाहालबीच दूरी बढ्दो

जेष्ठ १८, २०७३- वैशाख अन्तिम साता सरकार फेर्ने रणनीति सतहमा आएसँगै चिसिएको प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच सम्बन्धमा थप दूरी बढेको छ । दुई सत्तासाझेदारबीच सोमबार बिहान बालुवाटारमा भेट त भयो, तर पौने घण्टाको चिया गफ सौहार्द बन्न सकेन ।

दाहालले माओवादी केन्द्रको संसदीय दल र हेडक्वार्टर नेता सम्मिलित बैठकमा आइतबार बजेट र ओली कार्यशैलीको चर्को विरोध गरेका थिए । ओलीले भेटमा त्यसबारे जिज्ञासा राखेको स्रोतले बतायो । स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने र्सतमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरूप अब बाटो खोल्नुपर्ने अडान लिएका थिए ।

'प्रधानमन्त्रीले त्यस्तो कुनै अनौपचारिक सहमति भएको छैन भनी दोहोर्‍याएर अभिव्यक्ति दिएकोमा उहा“को आपत्ति थियो,' भेटघाटबारे दाहाल निकट स्रोतले भन्यो, 'प्रधानमन्त्रीज्यूले आफू अहिल्यै हटदा राजनीतिक अस्थिरता आउन सक्ने भन्दै अध्यक्षज्यू -दाहाल) लाई कर्ुन भनेपछि कुराकानी अघि बढेन ।'

आफ्नो दलका नेताले नेतृत्व गर्ने शिक्षा, ऊर्जा र कृषि मन्त्रालयमा किन बजेट कम पारिएको भनी ओलीलाई दोहोर्‍याई-दोहोर्‍याई दाहालले सोधेको दाबी स्रोतको छ । बजेट आउने बेला दाहालले ओलीलाई यसबारे ध्यानाकर्षा गराए पनि ओलीले बजेटलाई एमालेले मात्रै राजनीतिक पु“जीकृत गरेको सन्देश जाने गरी एक्लै अघि बढेकोमा दाहालको आपत्ति थियो ।

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमालले भने भेटमा त्यस्तो कुराकानी नभएको दाबी गर्दै भेटघाट नियमित सिलसिला भएको बताए । 'बाहिरबाट हेर्दा के के न भएको जस्तो देखिएला, तर भित्र त सामान्य भेटघाट हो । उही नियमित चियागफ,' रिमालले भने, 'सरकारको विषय त झन् उठेकै होइन । प्रधानमन्त्रीको स्वभाव थाहै छ, उहा“ बाहिर एउटा बोल्ने भित्र अर्को गर्ने मानिस होइन ।'

माओवादी केन्द्र स्रोतका अनुसार दाहालले बजेट ल्याउँदा आफ्नो दलको नेतृत्व रहेका मन्त्रालयलाई उपेक्षा गरेको, जेठ २३ मा भएको ९ बु“दे सहमतिलाई बजेटले सम्बोधन नगरेको भन्दै प्रधानमन्त्रीसँग कारण सोधेका थिए । ओलीले भने प्रतिपक्षी कांगे्रस बजेटकै कारण संसद् अवरुद्ध गर्ने रणनीतिमा रहेको भन्दै मिलेर सामना गर्न दाहाललाई आग्रह गरेका थिए । सरकारले शनिबार प्रस्तुत गरेको बजेटमाथि कांग्रेसले संसद्मा सोमबार विरोध जनाउ“दै अवरुद्धसमेत गरेको थियो । बालुवाटार स्रँेतले दर्ुइ दलले संयुक्त रूपमा विपक्षी प्रतिरोध चिर्ने रणनीति बनाएको दाबी गरेको छ ।

'बजेटमा समावेश गरेका अधिकांश विषयको स्पिरिट प्रगतिशील भएकाले त्यसको रक्षा गर्ने दायित्व दुवै दलको हो,' बैठकपछि प्रधानमन्त्री निकट एक नेताले भने, 'तर शान्ति प्रक्रियाको काम अझै टुंग्याउन सरकार प्रतिबद्ध नरहेको, संघीयता कार्यान्वयन गर्न ढिलो भइरहेको, भूकम्पपछिको पुनर्निर्माणमा सरकारी उदासीनता देखिएकोमा प्रचण्डजीको आपत्ति हो । त्यसको सम्बोधन पनि हु“दै जान्छ ।' ओलीका प्रेस संयोजक चेतन अधिकारीले बजेटमाथि भेटघाट केन्द्रित भए पनि सकारात्मक पक्षको चर्चामात्रै भएको बताए । 'बजेटबाहेक प्रधानमन्त्रीज्यू र अध्यक्ष प्रचण्डबीच अरू कुरा भएन,' उनले भने ।

माओवादी केन्द्रले भने बजेटमा एमालेको एकलौटी भएको भन्दै संसद्मा विरोध गर्न सांसदहरूलाई आइतबारै निर्देशन दिइसकेको छ । संसद्मा देखिने माओवादी तयारीलाई सरकार परिवर्तनको रणनीतिक संकेतका रूपमा हर्ेन थालिएको छ । अध्यक्ष दाहालले गत वैशाख २२ गते विज्ञप्ति जारी गरेर ओली सरकारले शान्ति प्रक्रियाका थाती कार्यभार नटुंग्याएको भन्दै आफ्नो नेतृत्वमा सरकार बनाउने घोषणा गरेका थिए । प्रमुख प्रतिपक्षी कांग्रेसले उनलाई साथ दिने वचन दिए पनि अर्को दिन उनी आफैं पछि हटेका थिए । त्यसयता दुई सत्तारूढ दलका यी अध्यक्षबीच सम्बन्ध सुध्रिन सकेको छैन ।

दाहालले सहिद परिवारले ५ लाख पाइसके पनि अर्को ५ लाख यो बजेटमा व्यवस्था गर्ने भनिएको तर त्यसमा रकमी भाषा प्रयोग गरिएको भन्दै आपत्तिसमेत जनाए । आइतबार संसदीय दलमा बोल्दै उनले भनेका थिए, 'बजेटलाई संविधानमा राखिएका प्रावधानअनुरूप छ कि छैन, शान्ति प्रक्रियास“ग सम्बन्धित छ कि छैन, भूकम्पबाट भएको क्षतिको पुनर्निर्माणलाई सम्बोधन गरेको छ कि छैन, आदिवासी जनजाति, थारू मुस्लिम मधेसका जनताले उठाएका कुराहरूलाई सम्बोधन गरेको छ कि छैन भनेर हर्नुपर्छ ।'

दाहालले ९ बु“देभित्र भद्र सहमति भएअनुरूप नीति तथा कार्यक्रम र बजेट सदनमा पेस भएपछि एमालेले सरकार छाड्ने र माओवादी नेतृत्वमा राष्ट्रिय सरकार बनाउन मद्दत गर्ने भद्र सहमति भएको भनी दोहोर्‍याएको उनको वेबसाइटमा उल्लेख छ

शारीरिक निकटताले प्रेमलाई मीठो बनायो

मैले नौ वर्ष अगाडि विवाह गरेकी हुँ। म र उहाँ (रविन लाकोल) ले प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हौं। लगभग सात, आठ महिना चलेको हाम्रो प्रेमले सार्थक रूप लियो। कामकै सिलसिलामा मैले उहाँलाई भेटेकी थिएँ।
सामान्य चिनजान प्रेममा परिणत भयो। एक दिन सामान्य गफ गर्दागर्दै उहाँले विवाहका लागि प्रस्ताव गर्नुभयो। उहाँको प्रस्ताव राख्ने शैली मलाई एकदमै मनपर्यो।
मनले त उहाँको प्रस्ताव सीधै स्वीकार गरिसकेको थियो तर मुखले भन्न केही समय मागेँ। लामो समय नपर्खाइ केही दिनमै मैले उहाँको प्रस्ताव स्वीकार गरेँ। परिवारमा पनि कुराकानी भयो। परिवारलाई मनाउन खासै अप्ठ्यारो परेन।
प्रेम र विवाहका बारेमा बुझ्ने परिवार भएकाले परिवारमा असजिलो महसुस भएन। प्रेमीको रूपमा उहाँ जति सहयोगी हुनुहुन्थ्यो, श्रीमान्को रूपमा पनि त्यस्तै व्यवहार पाएँ।
शारीरिक निकटताले प्रेमलाई अझ मीठो बनायो। विवाहको एक साता पनि नबित्दै डेनमार्क गयौं। उहाँको पढाइको सिलसिलामा त्यहाँ गएका थियौं। तर त्यो यात्रा हाम्रो लागि हनिमुनजस्तै भयो।
मन परेको मान्छेसँग नयाँनयाँ ठाउँ घुम्न पाउँदाको क्षण शब्दमा कसरी भन्न सकिन्छ र ? हनिमुनले नयाँ जोडीलाई एकअर्कालाई बुझ्ने अवसर प्रदान गर्छ। यो समय कुनै पनि जोडीले गुमाउनु हुँदैन जस्तो लाग्छ।
एकअर्कालाई हामीले राम्ररी बुझेकाले फिल्मी जीवनमा भन्दा वास्तविक जीवनमा बाँच्न चाहन्छौं। विदेशमा रहँदा घुमघाम गरी रमाइलोका साथ समय बितायौं। म आफूलाई अलि फेसनेबल भन्न रुचाउँछु। 
विवाहको एक साता नबित्दै हामी डेनमार्क गयौं। उहाँ (रविन लाकोल)को पढाइको सिलसिलामा त्यहाँ गएका थियौं। त्यो यात्रा हाम्रो लागि हनिमुनजस्तै भयो। मन परेको मान्छेसँग नयाँ ठाउँ घुम्न, सँगै समय बिताउन पाउँदाको क्षण शब्दमा कसरी भन्न सकिन्छ र?
क्याजुअल पहिरनमै हिँड्थेँ। शाकाहारी भोजन गर्ने भएकाले मेरो लागि अलि गाह्रो थियो। मेरो बर्थ डेमा उहाँ आफैंले केक बनाएर सरप्राइज दिनुभएको थियो। उमेर मिलेकाले होला अहिले पनि हामी उत्तिकै रोमान्टिक शैलीमा समय विताइरहेका छौं।
प्रेम गर्दा र विवाहपछि पनि हाम्रो सम्बन्ध उस्तै छ। केही बदलिएजस्तो लाग्दैन। अहिले पनि समयसमयमा काठमाडौं बाहिर घुम्न गइरहन्छौं। हरेक पाइलामा उहाँको साथ पाएर जीवनमा यो स्थान हासिल गर्न सफल भएकी छु। 
एकअर्काको लागि अझै पहिलेजस्तै भावना छ। प्रेमसम्बन्धमा रहँदा फिल्म हेर्न गएको, कफी खाएको क्षणलाई रमाइलो समयको रूपमा सम्झिरहन्छु। उहाँ आफ्नो कुरा सीधै भन्नुहुन्न। आफैं बुझेर उहाँको लागि कहिलेकाहीँ सरप्राइज प्लान गरिरहन्छु।

फुटबल स्ट्राइकर बिमल घर्तीकी बहिनीको हत्या

नवलपरासीः नेपाली फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीकी बहिनीको हत्या भएको छ । 
 
१७ वर्षकी मनिषा घर्तीमगरको बुधबार राति हत्या भएको हो । 
 
नवलपरासीको बर्दघाट नगरपालिका ८ बुताहाको घरमा एक्लै रहेकी मनिषाको राति हत्या भएको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीले बताए । उनी कक्षा ११ मा अध्ययनरत थिइन् । 
 
आमा र छोरीसँगै घरमा बस्ने गरेको भएपनि मनिषाकी आमा बुधबार बुटबल गएकी थिइन् । राति उनी नफर्किएपछि मनिषा घरमा एक्लै थिइन् ।
 
अन्य समयमा आमा घरम नहुँदा नजिकैको घरमा रहनुभएका काका, हजुरवुबा आउने गरेको भएपनि बुधबार भने हजुबुबा पनि नआएको पंगेनीले बताए । 
 
घटनाको बारेमा अनुसन्धान गर्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा बेल्जियममा रहेका बिमल घर्तीलाई पनि जानकारी गराईएको पंगेनीले अन्नपूर्णलाई बताए । 
 
मनिषाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‌याइएको छ । 
 
घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।