मीनबहादुर भाम, निर्देशक कालो पोथी
9 करोड 85 लाख रुपैयाँ खर्च गरेर बनाइएको चलचित्र “कालो पोथी’ का निर्देशक हुन्, मीनबहादुर । नेपाली टिमले निर्माण गरेको यो चलचित्र महँगो भएर मात्र चर्चित भएको होइन, यसले अहिलेसम्म २५ वटा चलचित्र महोत्सवमा भाग लिएको छ भने भेनिस फिल्म फेस्टिबलमा क्रिटिक च्वाइसमा बेस्ट फिल्मको उपाधि जितेको छ । निर्माण हुनुअघि नै यो चलचित्रको कथा–पटकथाले स्विट्जरल्यान्ड, बर्लिन र फ्रान्सको कला–संस्कृति मन्त्रालयबाट साढे २ करोड रुपैयाँभन्दा बढीको पुरस्कार जितेको थियो । अहिलेसम्म संसारका ५० भन्दा बढी टेलिभिजन च्यानलले यो चलचित्रको कपिराइट किनिसकेका छन् । नेपाली बजारमा पनि यसले उल्लेख्य व्यापार गरिरहेको छ । मुगुका स्थायी बासिन्दा उनले राजनीतिशास्त्र तथा बौद्ध दर्शनमा स्नातकोत्तर गरेका छन् । लुकेर काम गर्न रुचाउने भामसँग साप्ताहिकले उनको जीवन र नेपाली चलचित्रका विषयमा लामो कुराकानी गरेको थियो ।
तपाईंमा नेपाली चलचित्रमा हलचल मच्चाउने क्षमता रहेछ । यद्यपि अहिलेसम्म आम मानिसले तपाईंलाई चिन्दैनन् । किन लुक्नुभएको ?
मलाई एक्लै बस्न मन लाग्छ । चलचित्र गम्भीर साधनाको क्षेत्र हो । म त्यसैमा लागिरहन चाहन्छु । अहिले हलहरूमा चलचित्र लागिरहेकाले बाध्यतावश बाहिर निस्किएको हुँ । खासमा मैले ठूलो काम गरेँ भन्ने पनि लाग्दैन ।
तर तपाईंको चलचित्रले संसारभर प्रभाव पार्यो । साढे २ करोड त पुरस्कार नै पाउनुभयो । यो ठूलो कुरा हो नि, होइन ?
हो, मलाई पहिलेदेखि नै नेपाली चलचित्रको विस्तार सम्भव छ भन्ने लाग्थ्यो । हलिउडले बनाएको चलचित्र संसारभर चल्छन् । कोरिया एक्लैले हलिउडलाई ३० प्रतिशतभन्दा बढी बिजनेस दिन्छ । हिन्दी चलचित्रले पनि संसारभर उल्लेख्य व्यापार गर्छन् । क्याराभानले संसारभर नै चर्चा पायो । त्यो हाम्रो कथा थियो र कलाकार पनि हाम्रै थिए । यी सबै कुराले पनि नेपाली चलचित्रको विस्तार सम्भव छ भन्ने लाग्थ्यो । त्यसैको प्रयास थियो कालो पोथी ।
तर कालो पोथीमा नेपाल जति राम्रो छ, त्यति देखाउनु भएको छैन । माओवादी द्वन्द्वलाई हलुका रूपमा प्रस्तुत गरिएको छ । अझ राम्रो गर्न सकिँदैनथ्यो ?
चलचित्र बनाउनुअघि नै हामीले दुईवटा कुरा निश्चित गरेका थियौं, पहिलो सौन्दर्यमा कटौती गर्ने । नेपाल सुन्दर छ तर हामी जुन परिस्थितिमा बाँचेका छौं, त्यो सुन्दर छैन । हामीले जुन स्थानमा सुटिङ गर्यौं, ती क्षेत्र सौन्दर्यका दृष्टिले अनुपम छन्, तर यो चलचित्र सौन्दर्यको कथा होइन, दु:खको कथा हो । त्यसैले राम्रा दृश्यहरू जानेरै समेटेनौं । दोस्रो, माओवादी द्वन्द्वलाई ‘लाउडली’ देखाउँदा कसैको पक्षमा समर्थन वा विरोध गर्नुपथ्र्यो । चलचित्रकर्मीको काम कुनै कुराको पक्ष वा विपक्षमा कुरा गर्नुभन्दा एउटा पत्रकार जस्तो तटस्थ भएर रिपोर्टिङ शैलीमा फिल्म बनाउँ भन्ने प्रयास गरेका हौं ।
कालोपोथीलाई किन संसारभर मन पराइयो त ?
विषयवस्तुका कारण । हाम्रा कथा नौला छन्, त्यसलाई राम्रोसँग भन्ने हो भने यसको ठूलो बजार छ । हामी नेपाली पुस्तक विदेशी भाषामा अनुवाद होस् भन्ने चाहन्छौं । नेपाली हस्तकला विदेशमा निर्यात होस् भन्ने चाहन्छौं । त्यसैगरी नेपाली चलचित्रले पनि विदेशी बजारमा प्रवेश पाउनुपर्छ ।
चलचित्र हेर्दा सामान्य छ । नेपाली चलचित्र ५० लाखमा बनिरहेका बेला झन्डै ४ करोड रुपैयाँ कहाँ खर्च भयो ?
मुगु, जहाँ चलचित्रको सुटिङ भयो, त्यहाँ यातायातको सुविधा छैन । त्यस्तो स्थानमा साढे ६ महिना ठूलो युनिट बस्यो । हामीले त्यहीँ कार्याशाला चलायौं । काठमाडौंको भन्दा १० गुणा महँगोमा खाद्यान्न र अन्य कुरा किन्नुपर्छ । त्यसमाथि करिब एउटा चलचित्र बन्ने पैसा दिएर फ्रान्सबाट सिनेम्याटोग्राफर ल्याएका थियौं । अन्तिमको एउटा दृश्य खिच्न ८ लाख रुपैयाँ खर्च गर्यौं । सपनाको दृश्य खिच्न कुल २५ लाख रुपैयाँ खर्च भएको थियो । ३ करोड ८५ लाख रुपैयाँ चलचित्र राम्रो बनाउने प्रयासस्वरूप गरिएको थियो ।
१ करोड खर्च गरेर पुरस्कार पाएको २ करोड रुपैयाँ नाफाका रूपमा राख्न सक्नुहुन्थ्यो, त्यसो नगर्नुको कारण ?
केहीले मलाई यस्तै सुझाव दिनुभएको थियो, तर म व्यापार गर्न चलचित्र क्षेत्रमा आएको होइन । नेपाली चलचित्र पनि विश्वस्तरको हुन सक्छ भनेर प्रयास गरेको थिएँ । नभन्दै त्यो सफल भएको छ । अबका चलचित्रमा लगानीको खाँचो छैन । धेरै विदेशी चलचित्र कम्पनीले मसँग काम गर्ने चासो देखाएका छन्, तर मलाई नेपाली लगानीकर्ताहरूबाटै यो काम भए हुन्थ्यो भन्ने लाग्छ । सबै लगानी गर्न नसकिए पनि कम्तीमा २५ प्रतिशत नेपालीको लगानी होस् भन्ने चाहन्छु ।

No comments:
Post a Comment