जेष्ठ २१, २०७३- लागू औषध, बलात्कार जस्ता अपराधमा धेरै चलचित्र बनिसकेका छन् । आज शुक्रबार प्रदर्शनमा आउने
पनेरुले काम गरेपछि चलचित्रको निर्माण पक्षले यसका अघिल्ला नायिका पुजना प्रधान र पवित्रा आचार्यलाई वास्ता गर्न छाड्यो । पहिलेको कथामा अर्चना अटाउने ठाउँ नरहेकोमा अनायसै अर्चनालाई ‘इन’ गराइएपछि ती दुई नायिकाले त्यसको खुलेरै विरोध गरे र चलचित्र ‘छेस्को’बाट हात झिके ।
चलचित्र ‘छेस्को’को निर्देशन टेलिश्रृंखला ‘मेरी बास्सै’मा दर्शनेको पात्र निर्वाह गरिरहेका हास्यकलाकार सुरेश थापाले गरेका हुन् । यो चलचित्रको ट्रेलरमा समावेश अर्चना पनेरु तथा नायक राजन कार्कीको अधरपान तथा बेडसिनले पनि यसलाई चर्चामा ल्याएको छ । अर्चना ती दृश्यहरूमा खुलेरै प्रस्तुत भएकी छिन् । चलचित्रको कथा वा निर्देशकका कारण भन्दा पनि अर्चना पनेरुको पहिलो चलचित्रका रूपमा यसले दर्शकको ध्यान खिच्ने कुरामा छेस्कोको निर्माण पक्ष ढुक्क छ ।
चलचित्र ‘छेस्को’मा पनि लागू औषध, बलात्कारलाई मुख्य विषय बनाइएको छ । यद्यपि यो चलचित्रको मूल आकर्षण आफूलाई पोर्न स्टार बनाउने धुनमा लागेकी अर्चना पनेरु हुन् ।
निर्देशक : सुरेश थापा
संगीत : बादल लिम्बू
कलाकार : अर्चना पनेरु, राजन कार्की, करण श्रेष्ठ क्रेजी आदि ।
No comments:
Post a Comment