Friday, June 3, 2016

पार्क कब्जा गर्ने हटाउँदा मथुरामा झडप, २४ को मृत्यु

भारतको उत्तर प्रदेश राज्य अन्तर्गतको मथुरा सहरमा सार्वजनिक पार्कमा बसिरहेका मानिसहरुलाई हटाउन खोज्दा भएको झडपमा २४ जनाले ज्यान गुमाएका छन् । 

मथुराको जवाहर पार्कको करिब २६ एकड जमिनमा दुई वर्षदेखि बसिरहेका करिब ३ हजार मानिसलाई हटाउन बिहीबारदेखि प्रहरीले हटाउन थालेको थियो । घटनामा एक प्रहरी एसपीको पनि मृत्यु भएको छ । 

प्रहरीले आन्दोलनकारीका साथबाट एके ४५ लगायतका हतियार बरामद गरेको जनाएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीले यसको उच्चस्तरीय छानविनको माग गरेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री अखिलेश यादवले जाँचको आदेश दिएको बताएका छन् ।

No comments:

Post a Comment