नवलपरासीः नेपाली फुटबल टोलीका स्ट्राइकर बिमल घर्तीकी बहिनीको हत्या भएको छ ।
नवलपरासीको बर्दघाट नगरपालिका ८ बुताहाको घरमा एक्लै रहेकी मनिषाको राति
हत्या भएको नवलपरासी जिल्ला फुटबल संघका अध्यक्ष प्रकाश पंगेनीले बताए ।
उनी कक्षा ११ मा अध्ययनरत थिइन् ।
आमा र छोरीसँगै घरमा बस्ने गरेको भएपनि मनिषाकी आमा बुधबार बुटबल गएकी थिइन् । राति उनी नफर्किएपछि मनिषा घरमा एक्लै थिइन् ।
अन्य समयमा आमा घरम नहुँदा नजिकैको घरमा रहनुभएका काका, हजुरवुबा आउने गरेको भएपनि बुधबार भने हजुबुबा पनि नआएको पंगेनीले बताए ।
घटनाको बारेमा अनुसन्धान गर्न एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाका बारेमा बेल्जियममा रहेका बिमल घर्तीलाई पनि जानकारी गराईएको
पंगेनीले अन्नपूर्णलाई बताए ।
मनिषाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको छ ।
घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

No comments:
Post a Comment