वरिष्ठ संगीतकार अम्बर गुरुङको निधन भएको छ। संगीतकार गुरुङको 85 वर्षको
उमेरमा काठमाडौंको ग्रान्डी अस्पतालमा उपचारका क्रममा मंगलबार विहान 8 बजेर 48 मिनेट जाँदा निधन भएको हो।
खानेकुरा खानेबित्तिकै वान्ता भइहाल्ने समस्या भएपछि गुरुङलाई गत सोमबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो।
लामो समयदेखी मधुमेह उच्च रक्तचाप तथा पार्किन्सन्सको उपचार गराइरहेका
गुरुङलाई गतसाता एस्पिरेसन न्युमोनिया, पेट तथा अन्न नलिको रक्तश्राव
(युजिआई ब्लिडिङ) को उपचारका लागि भर्ना गरिएको थियो।
गुरुङको उपचारमा ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका क्रिटिकल केयर
मेडिसिनका चेयरम्यान तथा इन्टरनल मेडिसिनका कन्सल्ट्यान्ट फिजिसियन,
पल्मोनोलोजी तथा क्रिटिकल केयर बिशेषज्ञ प्रा.डा. अर्जुन कार्कीको टिम सँगै
कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा. बिबेक शर्मा, कन्सल्ट्यान्ट
न्युरोलोजिष्ट डा. राजु पौडेल लगायतका डाक्टरहरु संलग्न थिए।
दार्जिलिङको लालढिकीमा बाबु उजीरसिंह गुरुङ र आमा श्रीमती रेणुका गुरुङको
कोखबाट वि.सं १९९४ मा गुरुङको जन्म भएको थियो। गुरुङको पुर्ख्यौली घर
गोरखा जिल्लाको रिसिङ हो। गुरुङले नेपाली राष्ट्रिय गान (सयौं फूलका थुङ्गा
हामी एउटै माला नेपाली)मा समेत संगीत दिएका छन्।
तीन छोरा र एक छोरीका पीता गुरुङले आईए सम्मको अध्ययन गरेका छन्। गुरुङले
०५२ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको संगीत निर्देशक भएर काम गरेका
थिए।
No comments:
Post a Comment