नक्कली भारतीय चार लाख रुपैयाँसहित २ जनालाई प्रहरीले बिहीवार हेटौडामा पक्राउ गरेको छ ।
हेटौडा उपमहानगरपालिका १० स्थित रोशन होटल अगाडीवाट सर्लाही मधुवनी ३ का ३४ वर्षीय बीरेन्द्र चौधरी र हेटौडा उपमहानगरपालिका ७ का ३७ वर्षीय कृष्णवहादुर पुलामीलाई प्रहरीले भारतीय जालीनोटसहित पक्राउ गरेको हो । उनीहरुको साथवाट प्रहरीले हजारकेा नोट २ सय वटा र ५ सयका ४ सय वटागरी चार लाख रुपैया भारतीय नक्कली नोट बरामद गरेको थियो । चौधरी र पुलामी जाली नोटको खरिद विक्रीको निम्ति मोलतोल गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले पुलामीलाई उक्त जाली नोट विक्री गर्न लागिरहेका थिए । पुलामीले नोटको मुल्य घटाएर लिन खोजिरहेका थिए । विशेष सुराकीको आधारमा चौधरी र पुलामीलाई पक्राउ गरेको एक प्रहरी अधिकृतले जनाएका छन ।
जिल्ला प्रहरी कार्यालय हेटौडाले औपचारिक रुपमा उक्त सुचना सार्वजनिक गरेको छैन । विहीवार ५ वजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने भनेर संचारकर्मीहरुलाई खवर गरिएको थियो । पक्राउ परेका चौधरीका पछाडी गिरोह नै हुन सक्ने भएकाले उनीहरुलाई पनि पक्राउ गर्ने उद्देश्यले उक्त घटना सार्वजनिक नगरेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment