Sunday, June 12, 2016

रसुवागढीबाट १५ किलो अवैध सुनसहित ९ जना पक्राउ

जेष्ठ ३०, २०७३
केरुङबाट रसुवागढी हुँदै नेपाल भित्र्याइएको  १५ किलो अवैध सुनसहित ९ जनालाई प्रहरीले आज पक्राउ गरेको छ । नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले रसुवागढी पुलबाट सो परिमाणको सुनसहित सिन्धुपाल्चोक  टिमुरे ५ का कुङजाङ तामाङलाई पक्राउ गरेको हो ।
नियमित सुरक्षाजाँचका क्रममा प्रहरीले अवैध सुन फेला पारेको थियो । २५ बर्षिय तामाङले आफ्नो शरीरमा डोरीले बाँधेर लुकाई ल्याएको अवस्थामा प्रहरी टोलीले सुन वरामद गरेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार सो सुनको मुल्य नेपाली वजारमा १५ करोड ७५ लाख रुपैयाँ रहेको छ । तातोपानी नाका वन्द भएपछि अन्तर्राष्ट्रिय नाकाको रुपमा संचालनमा आएको रसुवागढीमा सुन वरामद भएको यो पहिलो पटक हो ।

No comments:

Post a Comment